|

चितवन : पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मंगलबार राति २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.