|

बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने भएका छन्। ओली आज विहान साढे १० बुटवल जान लागेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। 

बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल जान लागेको उनले बताए। भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले बताए। 

हिजो संसद बैठक चलिरहेकै बेला अध्यक्ष ओली गृहजिल्ला झापा पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.