|
फाइल फोटो

काठमाडौं : मनसुनी न्यून चापीय क्षेत्रको असरको कारण बुधबार देशभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् मन्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परिरहेको छ। उपत्यकामा दिउँसैसम्म पानी पर्ने उनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई हल्कादेखि मध्ययम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले जनाइन्। बेलुकीसम्मै देशभरको मौसम पूर्ण बदली भई पानी पर्ने भए पनि भीषण वर्षाको सम्भावना भने नरहेको महाखाले पूर्वानुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.