|

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४० दशमलव २६ अङ्कले घटेर दुई हजार ८८९ दशमलव ०३ मा झरेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव १६ विन्दुले घटेर ५३८ दशमलव ५० मा ओर्लेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ। कुल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए। बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। त्यसमा बैंकिङ २० दशमलव ७४, व्यापार २७ दशमलव २१, होटल तथा पर्यटन ७९ दशमलव ५३, विकास बैंक ११६ दशमलव ९१, जलविद्युत् ७२ दशमलव ८१, वित्त ८६।७२, निर्जीवन बीमा २७२ दशमलव ९१, उत्पादन ७३ दशमलव ७९, अन्य २१ दशमलव १६, लघुवित्त ५२ दशमलव १९, जीवन बीमा १७५।३, सामूहिक लगानी कोष ० दशमलव ०५ र लगानी १ दशमलव ८८ विन्दुले ओरालो लागे।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो। यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड दुई लाख सात हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८ दशमलव २३, कर्पोरेट डेभलपमेन्ट बैंक ६ दशमलव ६७, छ्याङ्दी हाइड्रोपावर ४ दशमलव ०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १।९७ प्रतिशतले कमाए। एनआइबिएल समृद्धि फण्ड एक ६ दशमलव ८८, हिमालयन ऊर्जा विकास कम्पनी ५ दशमलव ८३, गुर्खाज फाइनान्स ५ दशमलव ४१, रुरु जलविद्युत् परियोजना ४ दशमलव ८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४ दशमलव ४६ प्रतिशतले गुमाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.