|

बारा : सिम्रौनगढ नगरपालिका–४ मा माछा पोखरी खन्ने क्रममा फेला परेको साढे सात फिट अग्लो भगवान विष्णु र कालीको मूर्ति व्यवस्थापन गर्न नसक्दा बेवारिसे भएको छ।

स्थानीय किसान अवधेशकुमार सहनीको माछा पोखरी खन्ने कम्रमा विष्णु र काली (दुर्गा) को मूर्ति फेला परेको  हो। गत फागुनमा एक्साभेटरले पोखरी खन्ने क्रममा पाँच फिटमुनि दुवै मुर्ति एउटै ठाउँमा फेला गरेको हो। उक्त दुवै मूर्ति सिम्रौनगढ–३ स्थित कमलेश्वर मन्दिरबाहिर बेवारिसे अवस्थामा राखिएको छ।

दुई मूर्तिमध्ये विष्णुको ठूलो भएकाले तत्कालै सार्वजनिक गरिएको थियो भने कालीको मुर्ति माटोसँगै पचरौता नगरपालिका खुडुवाका एक स्थानीयको घरमा पुगेको स्थानीय अवधेशकुमारले बताए। सात महिनादेखि ती व्यक्तिको घरमै रहेको मूर्ति घरभित्रै राख्दा अनिष्ट हुने भन्दै सपना देखिपछि घरधनीले तीन साताअघि कमलेश्वर महादेवको मन्दिरबाहिर विष्णुको मुर्तिसँगै राखेका छन्।

व्यवस्थापनको लागि ठाँउ र बजेटको अभावले धार्मिक महत्व बोकेका यी प्राचीनकालीन मूर्तिहरु बेवारिसे अवस्थामा राख्नु परेका अवधेशकुमारले बताए।

‘मूर्ति राख्ने ठाँउ नभएपछि  कमलेश्वर महादेवको मन्दिरबाहिर अलपत्र अवस्थामा छ,’ उनले भने, ‘यसलाई राख्न हामीसँग ठाउँ पनि छैन, बजेट पनि छैन, नेताहरुलाई भनेर पहल गर्न लगाएका छौं।’ 

सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेशप्रसाद यादवले ती मूर्ति व्यवस्थापनका लागि पुरातत्व विभाग, विभिन्न समुदाय, प्रदेश र संघ सरकारसँग माग गरेको बताए। तर, अहिलेसम्म कुनै कुनै निकायबाट सुनुवाइ नभएको उनको भनाइ छ। विष्णुको मूर्ति फेला परेपछि पुरातत्व विभागको टोली अनुसन्धानका लागि सिम्रौनगढ पुगेको थियो।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शंकरप्रसाद कानुनले भेटिएका मूर्तिलाई संग्राहलय तथा मठ मन्दिरमा राख्ने बताए। ‘हामीसँग भएको संग्रहालय छैन, नयाँ संग्रहलय बनाउन अहिले नै सम्भव छैन्,’ वडाध्यक्ष कानुले भने, ‘प्रदेश सरकारले बजेट छुटए पनि काम हुन सकेको छैन। संघीय सरकारलाई त मतलब नै छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.