|

भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना संक्रमित भएका हुन्। सोही अवधिमा २१८ जनाको भाइरस संक्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अहिले पनि संक्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले संक्रमितहरूको सङ्ख्या घट्दै गएको हो।

त्यसैगरी, अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ। गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। तीमध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.