|

इलाम  : संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा रोड रेस (म्याराथन) सम्पन्न भएको छ। पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कलसम्म ५ किलोमिटर रेस सम्पन्न भएको हो। ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको रेसमा खुल्ला तर्फ रुपेश राईले जितेका छन्। विवेक राई द्धितिय, दिवस राई तृतिय र गणेश मगरले सान्तवना पुरस्कार पाए।

महिलातर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन्। ४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्कीले हात पारे। रणविर राई द्धितिय, नारायण कटुवाल तृतिय र विकास फागुले सान्तवना स्थान हासिल गरे।

विजेताहरुलाई ओलम्पिय मानन्धर, गीतकार बुद्धविर लामा र नगर प्रमुखले प्रमाणपत्र एवम नगद पुरस्कार हस्तान्तरण गरे। रेसमा २ सय भन्दा बढिले सहभागिता जनाएका थिए। पुरस्कार वितरण समारोहमा बोल्दै मानन्धरले खेलकुदले सभ्य र असल नागरिक जन्माउने भएकाले सरकारले खेलाडीको निम्ति ध्यान दिनुपर्ने बताए।

उनले अझै पनि सरकारले खेल र खेलाडीको विषयमा गम्भिर बन्न नसकेको बताए। संविधानलाई केही शक्तिहरु टुक्राउन लागेको उल्लेख गर्दै मानन्धरले सवै नेपालीले संविधानको रक्षामा लाग्नुपर्ने बताए। सूर्योदयले हरेक बर्ष संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म रोड रेड आयोजना गर्दै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.