|

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।

धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको जनाइएकाे छ। 

देशमा स्वरोजगारका प्रशस्त अवसर हुँदा पनि युवावर्ग कामको खोजीमा विदेश पलायन भइरहेकाे बेला कामको अवसर र बीमाको महत्व बारेमा युवाहरूलाई जानकारी गराउने र उनीहरू मार्फत समाजमा बीमाप्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ।

दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देश भरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.