|

काठमाडौं : क्यारितास नेपालले सुनसरीको इटहरी अस्पताललाई पाँच लाख ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। अस्पतालमा आयोजित कार्यक्रममा क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरे।

क्यारितासले १० थान सेमी फोल्टिड बेड र म्याट्रेस, १० थान ब्ल्यांकेट, २०० थान एन नाइन्टिन माक्स, १०० प्याकेट सर्जिकल माक्स, १०० थान पिपिई सेट, ७८ बोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १५० वटा एन्टिजेन किट, २० थान पल्स अक्सिमिटर, पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको छ।

उपप्रमुख गौतमले क्यारिटासको सहयोगबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउँदै धन्यावद ज्ञापन गरिन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोडले अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य सामग्रीले सहयोग पुग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.