‘कमी कमजोरीबाट मुक्त भएर पार्टीलाई जनतासम्म लान्छौं’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू ओलीको षड्यन्त्रमा नफसेको भएकाले आफ्नो पार्टीमा युवाहरूको आकर्षण बढेको बताएका छन्। 

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘दुई प्रदेशमा ओलीभन्दा ठूलो पार्टी बनेका छौँ। हामीले केपी ओली गुटलाई धक्का दिएका छौँ। हामी अत्यन्तै मिहिनेत गरेर ओलीको असफल बनाउन सफल भएका छौँ। प्रदेश १ मा र बागमती प्रदेशमा पनि हाम्रो सरकार बने तयारी भइरहेको छ। देशभर हामीले संगठन विस्तार बनाउन लागिसकेका छौँ। युवाहरूलाई ऊर्जाको साथ हामीप्रति आकर्षण बढिरहेको छ।’ 

एमाले एकताको धेरै प्रयास गर्दा पनि ओलीले गुटकै कारणले असफल भएको बताए।  सम्मानजनक एकता नभएर विभाजन बाहेकको अर्को विकल्प नभएको स्थायी कमिटी र केन्द्रीय कमिटीको निष्कर्ष रहेको उनको भनाइ छ। 

अध्यक्ष नेपालले भने, ‘एमाले मिलाउन धेरै प्रयास गरेका थियौँ। तर, ओली गुटको मान्छेले हामीलाई पन्छाउन थाल्यो। वार्ताको नक्कली नाटक गर्न थाल्यौँ। हाम्रो केन्द्रीय कमिटीको बैठकले ओली हटाउनुपर्ने निष्कर्षका साथ अगाडि बढेको थियौँ। सर्वोच्च अदालतबाट ओलीलाई हटाउन सफल भयौँ। 
हामी ओलीको षडयन्त्रमा फसेनौँ।’

ओली लोकतन्त्र र संविधान मास्ने काम गरेको भएकाले प्रतिनिधिसभाको पुनःस्थापनाको लागि शेरबहादुर देउवाको पक्षमा समर्थन गरेको बताए। विगतमा भएको कमीकमजोरीबाट मुक्त भएर पार्टीलाई जनतासम्म लाने उनको भनाइ छ। 

‘राम्रो कुरालाई साथमा लिएर अगाडि बढ्न चाहन्छौँ। हामी परिवर्तनवादी भएर अगाडि जान चाहन्छौँ। व्यक्तिवाद र अधिकारवादलाई छाडेर सामूहिकतावादलाई अगाडि लिएर अघि बढ्छौँ। हामी विदेशीहरूसामु लम्पसार पर्नेछैनौँ। हामी विधि र पद्धतिलाई ध्यान दिएर जान्छौँ’ अध्यक्ष नेपालले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.