|

पर्सा : अरूले संचालन गरेको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुर गर्ने एक अभियुक्त पर्साबाट पक्राउ परेका छन्। बढी नाफा कमाउन सर्वसाधारण उपभोक्तालाई झुक्याउँदै अरूको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गर्ने अभियुक्तलाई पर्सामा पक्राउ गरिएको हो।

पक्राउ परेका अभियुक्त वीरगन्ज महानगरपालिका-८ का रोहित साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अधिक नाफा कमाउने उद्देश्यले वीरगन्ज २८ सवैठवामा रहेको ‘चट्कर बीएमपी स्पाइस’ उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी कानुले बिक्री वितरण गर्दै उपभोक्ता ठगी गरेको भेटिएपछि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

साहले संचालन गरेको उद्योग चाँहि अन्नपूर्ण मसला उद्योग रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए। कानुनले संचालन गरेको अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी लिँदा चट्कर बीएमपी स्पाइसको लेबलिङ्ग गरेका ६ सय ५४ पोका तयारी मसला, तयारी गर्न बाँकी १० बोरा मसला, मसला पिस्ने मेशिन थान १ पनि र स्पाइसका स्टीकरहरू पनि अरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुर गरेको भेटिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्यादसमेत थप गरी ल्याइएको पर्सा प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.