|

काठमाडौं : नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ।

उज्वेकिस्तानमा आज भएको छनोटको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको हो।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर हङकङसँग गोलरहित बराबर खेलेपछि नेपालको अघिल्लो चरणमा सम्भावना सकिएको हो।

खेल अवधिभर दबाब कायमै राखेपनि नेपालले गोल भने गर्न सकेन। हङकङले पनि आफूले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टिम बराबरीमा रोकिएका हुन्। समूह ‘एफ’ को नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल अन्तिम समयमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो। नेपालसँग बराबरी खेले पनि हङकङले छनोट हुने सम्भावना कायम राखेको छ।

हङकङले अब अन्तिम खेलमा शुक्रबार फिलिपिन्ससँग खेल्नेछ। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउनेछ। एसियन कप आगामी जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.