|

काठमाडौं : बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन शुको अवार्ड जितेका छन्।

सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले गोल्डेन शु अवार्ड जितेका हुन्।​ लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए। ३३ वर्षीय लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेको थियो।

पोल्याण्डका लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन शु जितेका हुन्। लेवान्डोस्की  बुन्डेसलिगा फुटबलमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए।​

एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत उनको नाममा रह्यो। उनले गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका छन्।​ मुलरले सन् १९७/र७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.