|
फाइल फोटो

गुल्मी : पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो। उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।

शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.