|

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। 

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। 

अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्। 

उनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन विश्वले मिलेर गर्नुपर्नेमा जोड दिए। ​झण्डै आधा घण्टा लामो सम्बोधनका क्रममा बाइडेनले विश्व समुदायलाई राम्रो भविष्यका लागि एकतावद्ध हुन आह्वान गरे।

शान्तिपूर्ण प्रदर्शन कर्ता, मानवअधिकारकर्मी, पत्रकार, स्वतन्त्रताका लागि लडिरहेका महिलाहरूमा प्रजातन्त्र जीवित रहने बाइडेनको भनाइ छ।  उनले विकासोन्मुख राष्ट्रहरुमा जलवायु सम्बन्धि कामका लागि १ सय बिलियन डलर सहयोग परिचालन गर्ने प्रतिवद्धता समेत जनाए। त्यस्तै विश्वमा भोकभरीविरुद्ध लड्नका लागि १० बिलियन डलरको प्रतिबद्धता पनि जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.