|

काठमाडौं :  साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

उक्त सेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। कम्पनीको सेयरमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

साथै मेरो सेयरको मोबाइल एप्लिकेसन तथा वेब साइटबाट पनि आवेदन दिन सकिने बिक्रीप्रबन्धकले जनाएको छ। 

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.