|

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य ९०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ। मंगलबार ८९ हजार २०० रुपैयाँ कारोबार भएको थियो। 

त्यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलब ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन समयसमय परिवर्तन भइरहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.