|
फाइल फोटो

काठमाडौं : काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान नखुलेको प्रहरीले बताएको छ।

बुढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्। स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.