चुनाव चिह्‍नबारे चाँडै निर्णय हुने

|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले भोलि महासचिवको टुंगो लगाउने भएको छ। 

कार्य विभाजनसहितको एजेण्डामा छलफल गर्ने मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठकले भोलि महासचिवको टुंगो लगाउने प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए। 

उनले भने, ‘हामी ३ महिनामा राष्टिय सम्मेलन गछौँ। भोलिको बैठकले महासचिव चयन गछौँ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको टुंगो भोलि लगाउँछ।’ महासचिवमा कसैले दाबी नगरेको भएकाले छलफलपछि मात्रै निर्णय हुने बताए। 

यस्तै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित भएको छ। छलफलको लागि निर्माण गरेको ५ समूहको सुझावको आधारमा अध्यक्ष नेपालको प्रतिवेदन पास भएको उनले बताए। 

बैठकमा पहिलो समूहबाट रामकुमारी झाँक्री, दोस्रोबाट रामचन्द्र शाह, तेस्रोबाट रमा आले, चौथोबाट शिवप्रसाद साह र पाँचौँबाट दिनेश राईले सुझाव राखेका थिए। बैठकमा निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ भनेर कार्यकर्ता र केन्द्रीय सदस्यको सुझाव आएको उनले बताए।

उनले भने, ‘निर्वाचन प्रणाली सुधार गर्नुपर्छ भनेर कुरा आएको छ। हामीले झलनाथ खनालको नेतृत्वमा बृहत् राजनीतिक प्रतिवेदन लेख्ने काम भइरहेको छ। कार्यदलले पार्टीको सबै आयामहरुलाई समावेश गर्छ।’
 
पार्टीले समाजवाद नामको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको समेत बताए। चाँडै चुनाव चिह्नबारे निर्णय गरेर निर्वाचन आयोग जाने उनले बताए। तर, अहिलेकै बैठकले त्यसबारे कुनै निर्णय नगर्ने बताए। थप छलफलका लागि भोलि ११ बजे बैठक बस्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.