|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयका आगजनी भएको छ। वडाअध्यक्ष गंगाराम सुनार कार्यालय समय बिहान सवा १० बजेसम्म पनि कार्यालयमा नआएको भन्दै स्थानीयले कार्यालयमा आगजनी गरेका हुन्।

आगजनी गर्ने वीरेन्द्रनगर–१ कै वास्ताम लामिछाने रहेको अध्यक्ष सुनारले बताए। आगजनीबाट कुर्सी, सोफा दराज, र सबै कागजात जलेर नष्ट भएको सुनाएर जानकारी दिए। वडाध्यक्ष सुनारले आफू बुधबार बिहानै देखि कार्यक्रम गएकाले समयमै कार्यालयमा आउन नसकेको बताए ।

‘बिहान कार्यालयको नम्बरबाट मलाई फोन आएको थियो, फोन रिसिब गर्नेवित्तिकै तपाईं कार्यकक्षमा हुनुहुन्न कता हुनुहुन्छ? अहिले सम्म कार्यालयमा नआउने नै हो? भनेर धम्कि आयो’ सुनारले भने,‘म कार्यक्रममा व्यास्त छु, त्यहाँ अरू कर्मचारीलाई भन्नुहोस् तपाईंको काम हुन्छ भने।’

उनले अगाडि थपे,‘पुनः फोन गरेर कार्यालयमा तपाईं आउनुहुन्छ की वडा कार्यालय जलाइदिउँ? तेरो घाँटी चिलाएको छ की? भनेर धम्किपूर्ण भाषा प्रयोग भयो।’ आफू लगत्तै वडा कार्यालयमा पुग्दासम्म पेट्रोल छर्केर आगजनी भइसकेको सुनारले बताए।

प्रहरीले आगजनी गर्नेलाई पक्राउ गरेको छैन। आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनी गरिएपछि बुधबार दिनभर कामकाज प्रभावित भएको छ। अति आवश्यक कामको लागि नगरपालिकाबाट सेवा दिने गरि व्यवस्था गरिएको सुनारले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.