|

काठमाडौं : सरकारले हालै जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिए।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरेको थियो। सरकारले भदौ २ गते जारी भएको अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा पेस गरेको थियो।

संविधान अनुसार यसरी जारी भएको अध्यादेश संसदमा पेस भएको ६० दिनसम्म लागू रहन्छ। ६० दिन भने कार्तिक २१ गते मात्र पुग्छ। सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले अध्यादेश खारेज गर्नुपर्ने अडान राख्दै आएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यादेश लागु रहँदै आफ्नो पार्टी सरकारमा सहभागी भए फुट्न सक्ने बताउँदै आएका छन्। अध्यादेश कायमै रहेकाले नै मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.