४ उपाध्यक्ष र ४ सचिव प्रस्ताव

|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। आजै केही समयपछि बस्ने केन्द्रीय कमिटीको बैठकले भुसाललाई महासचिवमा घोषणा गर्ने तय भएको छ। महासचिवमा भुसालको बारेमा अन्तिम सहमति हुने लगभग पक्का रहेकाे नेता राजेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘उहाँको बारेमा छलफल भइरहेको छ। दाबी त मैले पनि गरेको थिएँ, केही समयमा आधिकारिक निर्णय हुन्छ।’ 

महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा. विजय पौडेल लगायतले दाबी गरेका थिए। यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई प्रस्ताव गरिएको छ। उप महासचिवमा प्रकाश ज्वाला र डा. विजय पौडेल, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई प्रस्ताव गरिएको छ। 

आज बस्ने बैठकले महासचिवसहित, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्नेछ। एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन्। यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ।

यस्तै, केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन्। अध्यक्षमा माधव नेपाल र बरिष्ठ नेतामा झलनाथ खनाल यसअघि नै तोकिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.