|

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पत्रकार सम्मेलन गर्दैछ। 

सभापति देउवाले मन्त्रिपरिषद बैठक क्रियाशील सदस्य लगायतमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताले पत्रकार सम्मेलन गर्न लागेको नेता अमरेशकुमार सिंहले जानकारी दिए। पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे पार्टी कार्यालय सानेपामा गरिने सिंहकाे भनाइ छ। 

क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा असन्तुष्टि कायमै छ। प्रदेश २ का सबै जिल्लासहित १३ जिल्लामा क्रियाशीलता विवाद अझै टुंगिएको छैन।

कांग्रेसको महाधिवेशन लगायतका विषयमा छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले आजै अपरान्ह तीन बजे पदाधिकारी बैठक बोलाएका छन्। हिजो पनि बसेको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएकाे थियो। त्यसपछि देउवाले बैठक नै छाडेर हिँडेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

हिजोको बैठकमा केन्द्रीय महाधिवेशनकाे कार्यतालिकामा असर नगर्ने गरी  दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि गर्ने सहमति जुटेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.