|

बैतडी : बैतडीमा आज एक व्यापारी मृत अवस्थामा फेला परेका छन्। सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई सन्सेरीमाण्डौमा मासु पसल व्‍यवसाय गर्दै आएका ४५ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन्।

महरा संसेरी माण्डौकै एक पसल अगाडि मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। कमलसिंहको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक महराको टाउको, छाती र शरीरका अन्य भागमा पनि चोट रहेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

कमलसिंहको हत्या गरेर फालेका आशंका गरिएको छ।  प्रहरीले भने घटनाको अनुसन्धान कार्य सुरु गरिएकोले मृत्युको कारण हत्या हो या अरू नै कारण हो अहिले नै भन्न नसकिने जनाएको छ।  स्थानीयले भने घटनाको सूक्ष्म ढंगबाट छानविन गरिनुपर्ने माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.