|

विराटनगर : झापाको दमक नगरपालिका-१० का ६५ वर्षीय कुलबहादुर तामाङको गर्धनभन्दा मुनिको भागमा सानो मासु पलाएको थियो। करिब १० वर्षअघि ढाडमा पलाएको मासु उनलाई सामान्य नै लागेको थियो।

तर, समयसँगै मासुको  डल्लो अस्वभाविक रुपमा बढेपछि उनलाई हिँड्डुल गर्न र सुत्न सकस हुने थाल्यो। गाह्रो भएपछि उनी रोगसँगै घरमा नै बस्न बाध्य बने।

त्यही मासुको डल्लो उनले विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी फालियो। ढाडको मासुको पोको निकालिएपछि राहत महसुस भएको उनले सुनाए।

‘सुरुमा सानो बिमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो। सधैं भारी बोकेर बासिरहनु पर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो। १० वर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ।’

शल्यक्रियाबाट पाँच किलो मासु निकालियो

तामाङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर ढाडबाट पाँच किलोको मासुको डल्लो निकालिएको हो।

ढाडमा पलाएको बोसो मिश्रित मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा. अमित भट्टराईले बताए।

‘उहाँको गर्धनभन्दा मुनि ढाडको सिरानमा मासु पलाएको रहेछ। धेरै वर्षअघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,’ डा. भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौं, अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.