|

काठमाडौं :  आगामी शनिबारबाट हुने घरेलु टी-२० फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अहिले धमाधम विदेशी खेलाडी नेपाल आइरहेका छन्। कोरोना कहरका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला सुरु हुन लागेको प्रतियोगितामा सर्वाधिक चासो अहिले अनुबन्धित विदेशी खेलाडीको नै छ।

केही वर्ष अघिसम्म घरेलु क्रिकेटरहरूको मात्र चर्चा हुने इपिएलमा अब कस्ता विदेशी खेलाडी कुन टीममा अनुबन्धन हुन्छन भन्ने चासो बढेको छ। यस्तोमा यो पटक हरेक टीमले ४ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्। जसमा अधिकांश टीममा श्रीलंकन खेलाडीको वर्चश्व छ। काठमाडौं किग्सबाहेक बाँकी सबै टिममा श्रीलंकन खेलाडी अनुबन्धित छन्।

त्यसो त एभिडी भिलियर्स तथा क्रिस गेल जस्ता खेलाडीको नाम पनि चर्चामा नरहेको होइन तर उनीहरू योपटक आउन सकेनन्। तर, प्रतियोगिताकै मुख्य आकर्षकका रूपमा पाकिस्तानी स्टार साहिद अफ्रिदी तथा श्रीलंकाका लिजेन्ड तथा पूर्व कप्तान उपुल थरंगा, दक्षिण अफ्रिकी लिजेन्ड रिचर्ड लेभी बंगलादेशी स्टार तमिम इक्बाल लगायत खेलाडी रहनेछन्।

यद्धपि यो पटक एसोसिएटेड देश मलेसिया, सिंगापुर तथा भुटानका समेत खेलाडी इपिएलमा रहँदा जaर्जस्त रुपमा श्रीलंकन खेलाडीको दबदबा भने निकै छ।

श्रीलंकन खेलाडी

ललितपुर प्यट्रिएट्स: ओशाडा फर्नान्डो (श्रीलंका), शनदुन विराक्कोडी 

भैरहवा ग्ल्याडीएटर्स: उपुल थारांगा (श्रीलंका),  धम्मिका प्रशाद 

पोखरा राइनोज: असेला गुनरत्ने (श्रीलंका),  सहन अरचचिगे 

चितवन टाइगर्स: सेक्कुगे प्रसन्ना 

विराटनगर वारियर्स: दिलशान मुनाविरा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.