|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई बिहीबार राति सम्बोधन गरेका छन्। 

सम्बोधनमा देउवाले नेपालले नेपालले कोभिड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समूदायलाई जानकारी दिएका हुन्।  उनले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत) लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउँदै खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्रीले नेपाललाई महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.