|

दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ। फाइटमा गोली हानी  ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ।

उक्त घटनामा गोगीसहित कुल तीन जना मारिएका छन्। गोली हानाहानमा ३ देखि ४ जना घाइते भएका छन्।  रिपोर्टका अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय मिडियाका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए। उनीहरूले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली हानेका थिए। प्रहरीको स्पेशल सेलको जवाफी कारबाहीमा दुवैको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.