|

काठमाडौं : वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी आएका खबरहरु झुटो भएको स्पस्ट पारेको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पस्ट पारेको हो।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले विज्ञप्ति जारी गरी वर्तमान सरकारले महशुल बढाएको हल्लामात्रै भएको जनाएको हो।

‘स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो।'

ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोधसमेत गरेकाे छ। सरकारले स्यानिटरी प्याडमा भन्सार महशुल बढाएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले विज्ञप्ति जारी गरी स्पस्ट पारेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.