|

काठमाडौं : म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री साम्राज्ञी शाह नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग देखिने भएकी छिन्।

निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र देलविस र राजसँग उनले स्क्रिन सेयर गर्ने भएकी हुन्। अभिनेत्री शाहले गीत र म्यूजिक भिडियोमा प्रयोग गरिने नयाँ पन आफूलाई मन परेको बताएकी  छिन्। 

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्यूजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन्। गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए। भिडियोलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानलमार्फत एक कार्यक्रम बीच सार्वजनिक गरिने छ। 

चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शव्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.