|

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।

बैंगलोरले दिएको १५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चन्नईले १८ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चेन्नईलाई जित दिलाउन रुटुराज गेकवाडले ३८ रन बनाए। यस्तै‚ अम्बती रायडुले ३२, फाप्डु प्लेसिसले ३१ तथा मोइन अलीले २३ रनको योगदान दिए।

यसअघि युएईको शारजाह मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बैंगलोरका लागि देवदत्त पडिक्कालले ७० तथा कप्तान विराट कोहलीले ५३ रन बनाएपनि हार टार्न सकेनन्। पराजित बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ।

आइपिएलमा आज दुई खेल हुनेछन्। दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे सनराइजर्स हैदरावाद र पन्जाव किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.