|

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौं व्यक्तिको सफल कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेका हुन्।

काठमाडौंका ३६ वर्षीय पुरुषलाई उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। डा. भण्डारीका अनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो ।

डा. भण्डारी सहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएका डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच जनाको सफल कलेजो प्रत्यारोपण भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.