|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको निर्णय सुनाउनका लागि टोली नेता चयन भएको छ। बैठकमा पेश भएको प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूहमा छुट्याएको थियो। समूहगत छलफलपछि निष्कर्ष सुनाउने क्रम जारी रहेको केन्द्रीय सदस्य महेश बस्नेतले बताए। 
 

समूहगत छलफलपछि प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापाले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदैछन्। 

यस्तै, जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराई र उपत्यका विशेषबाट माधव ढुंगेल टोली नेता चयन भएका छन्। विधान अधिवेशनका लागि राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदन बनाइएको छ। 

यी प्रतिवेदनहरूमा छलफलका लागि सातवटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्ने पार्टीका इन्चार्जहरूको एउटा समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेश सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू लगायतलाई हेर्ने अर्को समूह बनाइएको थियो। शुक्रबार सुरु भएको बैठकमा पार्टीका तेस्रो धार भनेर चिनिने नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति प्रकट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.