|

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संसदमा केपी ओलीको नाराले १४ जना सांसदलाई कारबाही नहुने दाबी गरेका छन् ।

 शनिबार मकवानपुरमा भएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले ओलीले संसदमा पाँच सय दिनसम्म नाराबाजी गरे पनि आफूसहितको १४ सांसदलाई कारबाही गर्न नसक्ने दाबी गरेका हुन्। ‘ओलीले हत्या गरेको संसद हामीले बचाएर ल्याएको हो। अहिले हामीलाई कारबाही गर्नुपर्यो भन्दै संसदमा नारा लगाउने? जसले संसद् बचायो ऊ बस्न नपाउने अनि हत्याराले चाँहि बस्ने? ,’ उनले भने ‘ केपी ओलीले संसदमा पाँच दिन मात्रै होइन पाँचसय दिनसम्म नारा लगाए पनि हामी १४ जनालाई कारबाही गर्न सक्दैनन्।’

खतिवडाले नारा लगाएर कारबाही हुने भए गठबन्धनको सबैले नारा लगाएर ओलीलाई नै हटाइदिने टिप्पणी गरे।

 केपी ओली व्यक्तीवादीमा मात्रै रमाउने पात्र रहेको भन्दै नेता खतिवडाले ओलीले हालसम्म पार्टीको नारा नबोकेको जिकिर गरे। ओली सधै आफ्नै नारामा मात्रै रमाउने गरेको भन्दै पार्टीको नारा र सिद्वान्तलाई आत्मसात नगरेको खतिवडाको भनाइ छ। २८ सालदेखि ४६ सालसम्म माधव नेपालले बनाएको पार्टीमा आएर ओलीले आफ्नो शासन चलाएको उनले आरोप लगाए।

‘हाम्रो पार्टीमा ५ प्रतिशत पनि पुग्दैन भन्थे तर हामीसँग सांसद नै २५ प्रतिशतभन्दा धेरै हुनुहुन्छ। ओलीको आन्द्रा भुँडि कलेजो सबै कुँहिसक्यो त्यहिपनि प्यारप्यार बोल्न छोड्दैनन् ,’उनले थपे। खतिवडाले नेपालको राजश्वमा आँखा गाडेका ओली आफूहरुको पार्टी आएपछि तर्सिएको समेत टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.