|

काठमाडौं : जर्मनीमा आज संसदीय निर्वाचन हुँदैछ। 

२० वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन शत्तामा रहेकी एंगेला मर्केलको औपचारिक विदाई समेत हुनेछ।  मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ। 

६८ वर्षी चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छन्। नयाँ चान्सलरका लागि तीन जनाको नाम चर्चामा छ। सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिण्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर अहिले चर्चामा छन्।

उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र संसदको तल्लो सदन बुन्डेस्ट्यागमा कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन्।

जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन्। आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन्।

लामो समय शासन सत्तामा रहेकी चान्सलर मर्केलले निर्वाचनमा कसको पक्षमा समर्थन गर्ने भन्ने विषयमा पनि महत्वपूर्ण बनेको छ।

अन्ततः मर्केलले कन्जरभेटिभ उम्मेद्वार अर्मिन ल्यासचेटको र्‍यालीमा सहभागी भएर आफ्नो समर्थन देखाएकी छन्। 

निर्वाचनमा सोसियल डेमोक्र्याटिक पार्टीका ओल्फ स्कोल्ड र कन्जरभेटिभ पार्टीका अर्मिन ल्यासचेट बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

जर्मनीमा १८ वर्ष माथिका ६ करोड मतदाता निर्वाचनमा सहभागी हुँदैछन्। निर्वाचन स्थानीय समय अनुसार साँझ ६ बजे सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.