|

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।

शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.