|

काठमाडौं : ​ इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार देखिएको लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ। त्यस्तै म्यानचेस्टर युनाईटेड एस्टन भिल्ला सँग स्तब्ध रहँदा लिभरपुल ब्रेनफोर्डसँग ३-३ को बराबरीमा रोकिएको छ।

सिटीका लागि दोस्रो हाफमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले गरेको एकमात्र गोल निर्णायक बन्यो। त्यस्तै अर्को दाबेदार युनाईटेड पनि एस्टन भिल्लासँग १-० ले नै पराजित भयो। चेल्सी र युनाईटेड दुबैको यो जारी सिजनमा पहिलो हार हो।

स्टामफोर्ड ब्रिजमा शनिबार साँझ भएको खेलमा सिटीले घरेलु टोलीलाई दवावमा राखेको थियो। पहिलो हाफमा गोलका राम्रा अवसर सदुपयोग गर्न सिटी असफल रह्यो। एकपछि अर्को आक्रमण गरेपनि सिटी असफल भएको थियो।

तर घरेलु दर्शकलाई निरास पार्ने क्रममा सिटीले ५३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए। त्यसपछिपनि सिटीले निरन्तर आक्रमण गरेको थियो। तर गोल गर्न भने सकेन्।

युनाईटेड घरमै स्तब्ध

म्यानचेस्टर युनाईटेडले  घरेलु मैदानमानै एस्टन भिल्लासँग १-० ले पराजित हुँदै सिजनको पहिलो हार भोग्न बाध्य भयो। ८८ औं मिनेटमा कोर्टन हायुजले डग्लास लुइसको पासलाई सदुपयोग गर्दा युनाईटेड १-० ले पछि रह्यो। तर युनाईटेडले अतिरक्त समयमा गोलको सान्दार अवसर चुकायो।

वल्ड ट्राफोर्डमा इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड संभावित बराबरीबाट चुकेको थियो। त्यसअघि पहिलो हाफमा दुबै टीमले गोलका सानदार अवसर सदुपयोग गरेनन्।

इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीको अवसर पाएको थियो। ब्रुनो फर्नान्डेसको पेनाल्टी आकासिएपछि युनाइटेड घरमै पराजित हुन बाध्य भयो।

लिभरपुलको ३-३ को बराबरी

ब्रेन्टफोर्डका योने विसाले ८२ औ मिनेटमा गरेको गोल लिभरपुललाई बराबरीमा रोक्न पर्याप्त भएको छ। ब्रेन्टफोर्डले २७ औ मिनेटमा पिनोकको गोलबाट अग्रता बनाएको थियो। तर जोताले ३१ औ मिनेटमा बराबरी गोल गरे। पहिलो हाफमा १-१ गोलको बराबरी भएपनि दोस्रो हाफमा लिभरपुलका मोहमद्ध सलाहले ५४ औ मिनेटमा टीमलाई अग्राता दिलाए। तर जनेटले ६३ औ मिनेटमा पुन ब्रेन्टफोर्डलाई बराबरीमा लयाए। लिभरपुल चार मिनेट नवित्दै पुन जोनेसको गोलमा अग्रता बानउ सफल भयो। तर ८२ औ मिनेटमा विसालले गरेको  गोल लिभरपुललाई रोक्न निणायक बन्यो।

लिभरपुल बराबरीपछि १४ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। सिटीको जित र युनाईटेड र चेल्सीको हारसँगै लिग अंक तालिकामा अन्य ३ टीमको समान १३ अंक भएको छ। सिटी दोस्रो चेल्सी तेस्रो र युनाईटेड चौंथो स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.