|

बैतडी : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। जसमध्ये तीनमा सर्वसम्मत र सातमा निर्वाचन भएको हो।

सुर्नया, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा सहमतिबाट र अन्य सबै स्थानीय तहमा निर्वाचन भएको   जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।निर्वाचन भएका पालिकामा शनिबार राति मात्रै मतपरिणाम सार्वजनिक गरिएको थियो ।  

दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन्। भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत प्राप्त गरे। पुचौडी नगरपालिकाका सभापतिमा गणेशबहादुर गडाल प्यानल नै विजयी भएको छन्। गडालले ८४ मत ल्याउँदा प्रतिद्वन्द्वी जनकबहादुर विष्टले ५७ मत मात्रै प्राप्त गरे। 

पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी जयसिंह बिष्टले ६८ मत प्राप्त गरे। यस्तै, मेलौली नगरपालिका कांग्रेसको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिद्वन्दी नरेस विष्टले ४६ मत पाए भने अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गरे। 

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी रामबहादुर धामीले ६७ मत प्राप्त गरे। यस्तै, दोगडाकेदार गाउँपालिकाको कांग्रेस सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी भएका छन् । उनका  निकटतम् प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गरेका छन्। डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी (जयराज) विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी कृष्णकुमार धामी ४७ मत प्राप्त गरेका छन्।

सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा भने सर्वसम्मतबाट नै नेतृत्व चयन भएको छ।  सुर्नयाको सभापतिमा प्रतापसिंह महरा चयन भएका छन्। पञ्चेश्वरकोसभापतिमा रामबहादुर चन्द र शिवनाथकोे सभापतिमा हिरा चन्द चयन भएको मतदान अधिकृत जनक बहादुर चन्दले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.