|

कञ्चनपुर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ।

शनिबार भएको अधिवेशनमा शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। अन्य सातवटा स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको हो।

शुक्लाफाँटामा सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन्। यस्तै‚ दोधाराचाँदनी नगर सभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन।

भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन्। कलौनीले निकटतम प्रतिद्वन्द्वी आशीष खत्रीलाई १२३ मतको अन्तरले पराजित गरेका हुन्।

बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित भएका छन। शाहुले पुष्पराज भट्टलाई सात मतको अन्तरले हराए हुन्। कृष्णपुर नगरपालिका सभापतिमा विष्णु खड्का निर्विरोध चयन भएका छन्। अन्य पदाधिकारीमा भने निर्वाचन भएको छ।

लालझाडीको गाउँपालिका सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन्। उनले राजेश रानालाई दोब्बर मत अन्तरले पराजित गरेका छन्। यस्तै‚ बेलडाँडी गाउँपालिका सभापतिमा गजबहादुर विष्ट निर्वाचित भएका छन्। उनले पृतबहादुर विष्टलाई पराजित गरेका हुन्र

यस्तै‚ बेलौरी नगरपालिका सभापति पदमा पेपुराम चौधरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी विक्रम चन्दले रहेका छन्। पुनर्वास नगरपालिका सभापतिमा शुकबहादुर तामाङ विजयी भएका छन्। उनले दिलबहादुर बोहरालाई पराजित गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.