|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया अन्तरगत आज पनि विभिन्न जिल्लामा पालिकास्तरको अधिवेशन हुँदैछ। 

वडा तहको अधिवेशन सम्पन्न भएका ६४ मध्ये हिजो ५५ जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भएको छ। त्यसमा बाँकी रहेकामध्ये केही जिल्लामा क्रमैसँग आजदेखि अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। साथै पछिल्लो पटक क्रियाशील विवाद टुंगिएका कतिपय जिल्लामा पनि आजै वडा अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

वडा अधिवेशन भइसकेका जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौं, मोरङ, सोलुखु्म्बु र सिन्धुपाल्चोक लगायतका जिल्लामा हिजो पालिका तहको अधिवेशन सम्पन्न हुन सकेको थिएन। 

काठमाडौं जिल्लाको अधिवेशन आगामी १६ गतेको लागि तय गरिएको छ। यसैबीच कांग्रेसले हिजो सुर्खेत, डोल्पा, बाँके, महोत्तरी र सिरहा गरी पाँच वटा जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.