|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ। केन्द्रीय कमिटीमा समूहगत रूपमा उठेका विषयहरूबारे छलफल गर्नको लागि स्थायी कमिटी बैठक बसेको केन्द्रीय कार्यालयको सचिव शेरबहादुर तामाङले बताए। 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुक्रबारदेखि जारी छ। केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावललगायतका नेताहरूले १० बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठाएको प्रश्नमा छलफल गर्न स्थायी कमिटीको बैठक बसेका हो। 

आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज अध्यक्ष ओलीले जवाफ दिँदैछन्।

समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिएर बैठक आज टुंग्याउने तयारी छ। 

आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्‍न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए। 

पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको वर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो। ७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.