|

काठमाडौँ : नेपालको पहिलो हिपहप रियालिटी शो नेपहपको श्रीपेचको ट्रेलर सार्वजनिक भएको छ। र्‍याप गीत र बिट बक्सिङलाई स्थान दिइने बताइएको शोको ट्रेलर शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो। 

नेपहपको श्रीपेचमा चर्चित र्‍यापर बालेन र गिरिश खतिवडा निर्णायकको भूमिकामा देखिँदै छन्। त्यस्तै इजी १२, मिस्टर डी, डेजेन, कविजी लगायतका र्‍यापर पनि यो सोसँग जोडिएका छन्। 

भर्खरै डिजिटल अडिसन सकिएको नेपहपको श्रीपेचमा अब फिजिकल अडिसनको तयारी हुँदै छ। झण्डै ८ हजार डिजिटल अडिसनबाट ४ देखि ५ सय प्रतियोगीलाई डिजिटल अडिसनमा बोलाइने बताइएको छ। आयोजकका अनुसार देशका विभिन्न सहरमा डिजिटल अडिसन हुने जसबाट ४० जना प्रतियोगी अर्को राउण्डमा प्रवेश हुनेछन्। शोमा बिट बक्सिङलाई भन्दा र्‍यापलाई प्राथमिकता दिइएको आयोजकले जनाएका छन्। 

सार्वजनिक ट्रेलर निकेश खड्काको निर्देशनमा बनेको हो भने थिम गीत व्योमाको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.