|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिन थालिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले केन्द्रीय कमिटीमा उठेको प्रश्नको जवाफ दिन थालेको हुन्। 

आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्‍न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरूले दिएको सुझावबारे शीर्ष नेताहरूले जवाफ दिन लागेका हुन्।
 
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। समूहगत रूपमा उठेका विषयहरूबारे स्थायी कमिटी बैठक पनि छलफल भएको थियो। केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावललगायतका नेताहरूले १० बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठाएको प्रश्न उठाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.