|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गरेका छन्। 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संविधान निर्माणपछि हाम्रो पहिलो सरकार बनेको थियो। सरकारमा रहँदा हामीले असाधारण काम गरेका छौँ। त्यसैले जनतासमक्ष जान हामीलाई कुनै समस्या छैन। हाम्रो सरकारले गरेको कामलाई लिएर जनतामा जानुहोस्।‘

विपक्षीहरूले षड्यन्त्र गरेर सरकारबाट हटाएका भए पनि आगामी निर्वाचनपछि फेरि सत्तामा फर्किने बताए। देश र जनताको पक्षमा काम नगर्नेहरूलाई मात्रै चुनावमा जान डर हुने उनको भनाइ छ। 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.