|

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज ६१ दशमलव २७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २ हजार ७ सय ५८ दशमलव ४८ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ७० अंकले घटेर ५ सय १९ दशमलव ३६ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि साढे ६ अर्ब रुपैयाँमा खुम्चिएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूह ओरालो लागेका छन् भने एउटामात्रै उकालो लागेको छ। म्युचुअल फन्ड समूहमा ० दशमलव २१ प्रतिशतले वृद्धि भएको हो।

आज वित्त समूह सर्वाधिक ५ दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह ४ दशमलव ३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा शून्य दशमलव ९३ प्रतिशत, व्यापार समूहमा ३ दशमलव १५ प्रतिशत, होटेल तथा पर्यटन समूह २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ।

विकास बैंक समूहमा २ दशमलव ६९ प्रतिशत, निर्जीवन बीमा समूहमा २ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १ दशमलव ७७ प्रतिशत, अन्य समूहमा २ दशमलव ४८ प्रतिशत, लघुवित्त समूहमा २ दशमलव २९ प्रतिशत, जीवन बीमा समूहमा २ दशमलव ३७ प्रतिशत र लगानी समूहमा ३ दशमलव ३८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनी

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३३ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। फरवार्ड माइक्रो फाइनान्सको संस्थापक सेयरको ३१ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेपाल बैंकको २१ करोड ३४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै मेगा बैंकको १७ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकको १७ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ७२ लाख रुपैयाँ, सानिमा बैंकको १५ करोड ७६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरू मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।

आज आइसिएफसी फाइनान्सका सेयरधनीले धेरै गुमाए। यो फाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.