|

काठमाडौं : प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।

शनिबार राति गुलरिया नगरपालिका-७ शहिदगेटस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २० वर्षीय राकेश खटिक र १९ को अजय खटिक छन्।

लु २० प ८६१ नम्बरको मोटरसाइकल रोकी चेकजाँचको लागि कागजात माग्दा आर्थिक प्रलोभन देखाउनुका साथै काम कारबाहीमा समेत प्रभाव पार्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको बर्दिया प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम शाहीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही हुने उनले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.