|
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबारको पोखरा–भैरहवाबीच भएको खेल।

काठमाडौं : काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लेडिएटर्सले अंक बाँडेका छन्।

वर्षाका कारण आइतबारको  खेल रोकिएर नतिजाविहीन भएपछि दुवैले १/१ अंक बाँडेका हुन्। त्रिवि क्रिकेट मैदानमा भीषण वर्षा भएपछि मैदान ओसिलो भएर खेल रोकिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले ब्याटिङ गरिरहँदा पानी परेको थियो। वर्षाले खेल रोकिनुअघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो।

पोखराका लागि असेला गुणारत्नेले २३ रन जोड्नबाहेक अन्य ब्याट्सम्यान जम्न सकेका थिएनन्। ४ जना ब्याट्सम्यान शून्यमा आउट हुँदा कप्तान विनोद भण्डारी, ओपनर लिचार्ड लेभी, लोकेश बम, केस्रिक विलियम्सनले खाता नै खोल्न सकेनन्।

सुनिल धमला १ रनमा आउट हुँदा विपिन रावल दुर्गेश गुप्ताको बलिङमा आउट भए। पोखराका  विवेक यादव १६ रनमा र विक्रम सोब ७ रनमा अविजित रहे।

भैरहवाका दुर्गेश गुप्ताले ३ विकेट लिए भने अरु ३ विकेट धम्मीकाप्रसाद, तुलबहादुर थापा र अविनाश बोहराको नाममा रह्यो।

आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले विजयी सुरुवात गर्‍यो। विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवनले २ अंक बटुलेर सुखद सुरुवात गरेको हो।

अंक तालिकामा काठमाडौं किंग्स र चितवनको समान २/२ अंक छ भने भैरहवा र पोखराले १/१ अंक जोडेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.