पर्वत : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ।
धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन्।
घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मतिबाट नै नेतृत्व छनोट भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ।
घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकाको सभापतिमा छेवाङ झिम्मी बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेन्डुप गुरुङ, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ र थासाङ गाउँपालिकाको सभापतिमा रुपेश गौचन चयन भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।