|
साफ च्याम्पियनसिपका लागि घोषित नेपाली फुटबल टोली। सौजन्य : एन्फा

काठमाडौं : माल्दिभ्समा असोज १५ देखि हुने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा आज गरेका हुन्। टोलीमा गोलकिपर विकेश कुथु र राजन गुरुङ गरी दुई खेलाडी बाहिरिएका छन्।

साफको तयारीका लागि कतारमा रहेको नेपाली टिम साफ खेल्न त्यहींबाट माल्दिभ्स जानेछ। नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १८ गते खेल्नेछ। नेपालले तेस्रो खेल भारतसँग असोज २४ गते  र लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २७ गते खेल्नेछ। ३० गतेसम्म चल्ने प्रतियोगितामा ५ राष्ट्र सहभागी छन्। 

टोलीमा समावेश खेलाडी

किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, रोहित चन्द, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, पुजन उपरकोटी, विशाल राई, सुनिल बल, आशिष लामा, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ,अन्जन विष्ट, आयुष घलान, कमल थापा र मनिष डाँगी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.