|

काठमाडौं : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ।

दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो। बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए। क्विन्टन डी ककले २४ रन बनाए। बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए। युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो।

बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय  इनिङ्स खेले।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.